काठमाडौँ, १६ वैशाख – सर्वोच्च अदालतले ‘हाम्रो नेपाल हामी नेपाली अभियान’का अभियन्ता ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ। मानवअधिकारवादी तथा अधिवक्ता इन्द्रप्रसाद अर्यालले गत शुक्रबार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा मंलगबार भएको सुनुवाइपछि अभियन्ता शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारी र मनोजकुमार शर्माको संयुक्त…