काठमाडौँ, १४ वैशाख – सर्वोच्च अदालतले ‘हाम्रो नेपाल हामी नेपाली अभियान’का अभियन्ता ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाहीलाई थुनामा राख्नुपर्ने कारण पेश गर्न आदेश जारी गरेको छ। मानवअधिकारवादी तथा अधिवक्ता इन्द्रप्रसाद अर्यालले शुक्रबार सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले २४ घण्टाभित्र अभियन्ता शाहीलाई पक्राउ गर्नुको कारणसहित उपस्थित विपक्षीका नाममा आदेश जारी…