Logo

राजनीति

कांग्रेस युवा नेता काफ्लेद्वारा विवाह खर्चको २ लाख प्रधानमन्त्री राहत कोषमा जम्मा



काठमाडौँ, १५ वैशाख – नेपाली कांग्रेस युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले विवाहको खर्च ‘कोभिड—१९ प्रधानमन्त्री राहत कोष’मा जम्मा गरेका छन्।

युवा नेता काफ्लेले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई दुई लाख रूपैयाँ हस्तान्तरण गरेका हुन्। काफ्लेका साथमा उनकी श्रीमती मेनुका अधिकारी पनि रकम हस्तान्तरणका लागि मन्त्रालय पुगेकी थिइन्।

‘वैश्विक महामारी र संकटका बेला सरकारलाई हाम्रो साथ चाहिन्छ, हामीलाई सरकारको साथ चाहिन्छ, त्यसैले वैवाहिक समारोहमा खर्च गर्ने रकम नागरिकको हितमा खर्च गर्ने गरी राहत कोषमा जम्मा गरिएको हो,’ काफ्लेले भने।

याे पनि हेर्नुहाेस्: पूर्वप्रहरी प्रमुख खनालबारे रमेश खरेलकाे टिप्पणी

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल