Logo

राजनीति

अधिवक्ता अर्यालको रिटमा सर्वोच्चले सोध्यो, ‘ज्ञानेन्द्र शाहीलाई थुनामा राख्नुको कारण के हो?’



काठमाडौँ, १४ वैशाख – सर्वोच्च अदालतले ‘हाम्रो नेपाल हामी नेपाली अभियान’का अभियन्ता ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाहीलाई थुनामा राख्नुपर्ने कारण पेश गर्न आदेश जारी गरेको छ।

मानवअधिकारवादी तथा अधिवक्ता इन्द्रप्रसाद अर्यालले शुक्रबार सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले २४ घण्टाभित्र अभियन्ता शाहीलाई पक्राउ गर्नुको कारणसहित उपस्थित विपक्षीका नाममा आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय ललितपुर, महानगरीय प्रहरी परिसर जाउलाखेल र महानगरीय प्रहरी वृत्त चापागाउँ विपक्षी बनाएर अर्यालले रिट दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उक्त आदेश जारी गरेको हो।

‘निवेदनको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो?, आदेश जारी हुनु नपर्ने आधार र कारण खुलाई साथै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ (१) बमोजिम वर्तमान कोभिड १९ को कारण बन्दाबन्दी भएको अवस्थामा निवेदकलाई हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न किन नसकिने हो? सो समेतको कारण खुलाइ २४ घण्टाभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ प्रस्तुत गर्नु,’ सर्वोच्चको आदेशमा भनिएको छ।

याे पनि हेर्नुहाेस्: पूर्वप्रहरी प्रमुख खनालबारे रमेश खरेलकाे टिप्पणी

अभियन्ता शाहीका पक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्रविक्रम केसी, सुनिलकुमार पोखरेल, केशरमणि अर्याल, कल्याण पोखरेल, इन्द्रप्रसाद अर्याल, थानेश्वर काफ्ले, दिवसप्रसाद खड्गी, लक्ष्मी नानी थापाले बहस गरेका थिए।

त्यसैगरी, अधिवक्ता पुरूषोत्तम अधिकारी, बद्रीप्रसाद भुषाल, सन्तोष भण्डारी, ज्ञानेन्द्रराज आरण र आतिस कार्कीले पनि बहस गरेका थिए।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल