काठमाडौं- नेकपा एमाले अध्यक्षका उमेदवार भीम रावलले आफ्नो कति मत आउँछ भन्ने बारेमा अनुसन्धान नगरेको बताएका छन् ।मतदान सकिएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । “निर्वाचन आचार संहिताविपरीतका काम भए । यन्त्र उपकरण प्रयोग भएकाले राम्रै होला भन्ने लागेको छ,” रावलले भने, “अन्तिम तथ्यांक होइन, तर २०९२ खसेको भन्ने जानकारी पाएको छु…