Logo

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा बस्ने, यस्ता छन् एजेण्डा



काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन् ।

बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ । बैठकमा मुलुकको समसाययिक राजनीति विषय र पार्टीको १४औँ महाधिवेशनको बारेमा छलफल हुने कांग्रेसका एक नेताले बताएका छन् ।

कांग्रेस प्रवेशको लहर : जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश

मोरङ – जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जसपा परि त्याग गरी कांग्रेसमा गएका हुन्।

त्यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि जसपा परि त्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। शुक्रबार उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले टीका लगाएर पार्टीमा स्वागत गरेका छन्।

चुनावको मिति नजिकिन थालेपछि राजनीतिक वृत्त तातिन थालेको छ। कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो। नव प्रवेशीहरुले पार्टीलाई थप बलियो बनाएर अघि बढ्ने बताएका छन्। उनीहरुलाई कांग्रेसलाई एकढिक्का बनाएर अघि लैजान आफूहरु लागिपर्ने वाचा पनि गरेका छन्।

प्रकाशित : २१ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल