Logo

राजनीति

सर्लाहीमा देउवा र पौडेल पक्षका कार्यकर्ताबीच हानाहान



सर्लाही- पार्टीको अधिवेशन गर्ने विषयमा सर्लाहीमा बिहीबारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलंगवामा झडप भएको छ।

पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका छन्। दुई पक्षीय छलफल भइरहेका बेला पौडेल पक्षले जिल्ला पार्टी कार्यालय घेरा हालेर निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले जानकारी दिए।

सर्लाही क्षेत्र नम्बर ४ का संघीय संसद् अमरेशकुमार सिंह समर्थित कार्यकर्ताले निर्वाचन अधिकृतिमाथि हातपात गरेको बताइएको छ।कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच थप झडप हुने देखेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

बिहीबार जिल्लाभरका २० पालिकाको २०० वडामा चुनाव गर्ने पूर्वसहमति भएको थियो। सर्लाहीमा आजका लागि तय भएको वडा अधिवेशन दुई पक्षीय विवादका कारण अन्योल भएको छ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल