Logo

राजनीति

अनेरास्ववियुको ‘अखिल शुभकामना साँझ–२०७८’ मंसिर १ गते, एमाले अध्यक्ष ओली प्रमुख अतिथि



काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले ‘अखिल शुभकामना साँझ–२०७८’ को आयोजना गर्ने भएको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालका अनुसार कला र सांगीतिक क्षेत्रका अगुवा र युवाहरूको उपस्थितिमा मंसिर एक गते ‘अखिल शुभकामना साँझ–२०७८’ आयोजना गरिएको हो ।

प्रज्ञा भवन कमलादीमा आयोजना गरिने कार्यक्रममा गायक प्रमोद खरेल, हास्यकलाकार मनोज गजुरेल, लोक–आधुनिक गायक बद्री पंगेनी, गायिका अस्मिता अधिकारी, हास्यकलाकार जीतु नेपाल, हास्य कलाकार बुद्धी तामाङ, हास्यकलाकार राजा राजेन्द्र पोखरेलले प्रस्तुति दिने छन्।

त्यसैगरी, जनवादी गायक जीवन शर्मा, गायक शिशिर योगी, कवि लक्ष्मण गाम्नागे, कलाकारहरू पुर्खे बा, प्रिया भण्डारी, अमृत खाती, बैकुण्ठ महत र बालकलाकार प्रितम आचार्यको प्रस्तुति रहने छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहने छन् । ‘अनेरास्ववियुलाई अझै परिस्कृत, नवीन शैली र संगठनमा आबद्ध साथीहरूलाई रचनात्मक बनाउनकै लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं,’ अध्यक्ष बरालले भनिन् ।

प्रचण्डको घर घेर्ने डा. केसीको चेतावनी (भिडियो)

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल