Logo

राजनीति

अनेरास्ववियुको उद्घोष, ‘पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्यबृद्धि फिर्ता नलिए प्रतिकार’



काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले खाना पठाउने ग्यास र पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले बिहीबार विज्ञप्ति जारी गरी मूल्यबृद्धिको निर्णय कार्यान्वयन नगर्न चेतावनी दिएकी हुन् ।

सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई ईन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गरेको अध्यक्ष बरालको धारणा छ ।

सरकार र सरकार नियन्त्रित निकायहरू निरन्तर जनतालाई पीर र मार्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायहरूले चुहावट नियन्त्रण एवम् बोनस र भत्ता वितरणमा बेवास्ता गरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरूमा मुल्य वृद्धि गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानीलाइ लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मूल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बरालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गरेकी छिन् ।

‘अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ । साथै देशैभरिका अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आह्वान गर्दछ,’ उनले भनेकी छिन् ।

हेनुहोस् विज्ञप्ति

नेपाली विद्यार्थीहरुको आशा र भरोषाको धरोहर, राष्ट्रिय स्वाधिनता, न्याय र समानताको पक्षधर एवम् मुलुकको गरिब जनताको जनजीविकाको पक्षमा सदैव क्रियाशील संगठन अनेरास्ववियु मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरि संघर्षमा होमिनुपर्ने अवस्था आएको छ । हामी मुलुकमा व्याप्त विकृति, विसंगति, आर्थिक भ्रष्टाचार एवम् मनपरीतन्त्रको विरुद्ध सदैव सम्झौताहिन लडाईमा समाहित हुँदै आएको छौं ।

आज फेरि परमादेशी सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई ईन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्यवृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै यस परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरू निरन्तर जनतालाई पीर र मार्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै छ । मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने, तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायहरूले चुहावट नियन्त्रण एवं बोनस र भत्ता वितराणमा बेवास्ता गरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मूल्यवृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मूल्यवृद्धिविरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ । साथै देशैभरिका अनेरास्ववियुका नेता कार्यकर्ताहरूलाई मूल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आह्वान गर्दछ ।

हार्दिक अभिवादनसहित।
सुनिता बराल
अध्यक्ष

शेरबहादुर देउवालाई उहिले श्री ५ ले प्रधानमन्त्री नियुक्त गरे, अहिले श्रीमान् ५ ले : प्रदीप ज्ञवाली (भिडियाे)

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल