Logo

राजनीति

बागमती प्रदेशमा बन्दको प्रभाव सामान्य, विभिन्न स्थानबाट ५० भन्दा बढी बन्दकर्ता पक्राउ



काठमाडौं –बागमती प्रदेशमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव सामान्य देखिएको छ । काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा यातायातका साधनहरु अन्य दिनहरुमा भन्दा कम मात्रामा सञ्चालनमा आएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेशका १० जिल्लाका मुख्य बजार, उद्योग तथा कलकारखाना, विद्यालय लगायतका क्षेत्रहरु पूर्ण रुपमा बन्द छन् । सडकमा बन्दकर्ता नभए पनि बन्दको असर देखिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव माहानिरीक्षक प्रकाशजङ्ग कार्कीले बताए ।

बन्दमा हालसम्म प्रदेशका कुनै पनि जिल्लामा तोडफोड, आगजनीजस्ता घटना नभएको उनले बताए । उनका अनुसार प्रदेशका विभिन्न जिल्लामा बन्द गराउँदै हिँडेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्द कार्यान्वयन गराउन हिँडेका करिव ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

उनका अनुसार सिन्धुलीमा बन्द गराउँदै हिँडेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने काभ्रेमा १४ र चितवनमा ११ जनालाई पक्राउ गरिएको छ । बजार क्षेत्रको चोक चोकमा जम्मा भएर यातायातका साधनको चाबी खोस्ने, नाराबाजी गर्नेजस्ता कार्य गरेका कारण उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल