Logo

राजनीति

भीम रावललाई प्रश्न कति मत आउने अनुमान गर्नुभएको छ ?



काठमाडौं– नेकपा एमाले अध्यक्षका उमेदवार भीम रावलले आफ्नो कति मत आउँछ भन्ने बारेमा अनुसन्धान नगरेको बताएका छन् ।मतदान सकिएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“निर्वाचन आचार संहिताविपरीतका काम भए । यन्त्र उपकरण प्रयोग भएकाले राम्रै होला भन्ने लागेको छ,” रावलले भने, “अन्तिम तथ्यांक होइन, तर २०९२ खसेको भन्ने जानकारी पाएको छु ।”

उनले आफू अध्यक्षबाहेक सदस्यको उमेदवार नभएको हुँदा कुनै पनि पदमा नबस्ने बताए । “केन्द्रीय सदस्यमा मेरो उमेदवारी नै परेको छैन,” उनले भने, “तर सूचीमा नाम राखिएको छ । यो बारेमा पनि मैले जानकारी पाएको छु ।”

आफ्नो कति मत आउने अनुमान गर्नुभएको छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, “त्यसबारेमा मैले कुनै अनुसन्धान गरेको छैन, बरु यहाँहरुलाई केही जानकारी छ कि !”

भोट नहाल्नु भन्दै बाँडिएको पर्चा रोक्न खोज्दा हातपात गरियो : रावल

रावलले निर्वाचनको समयमा आचारसंहिता विपरितको कार्य भएको दाबी गरेका छन्। एमाले महाधिवेशन अन्तर्गत मंगलबार निर्वाचन सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले कुनै पनि समूहको सूची नबाँड्ने आचारसंहिता विपरित भोट नहाल्नु भनेरसमेत पर्चा बाँडिएको बताए। उनले यसबारेमा निर्वाचन आयोगसमक्ष आफूले ध्यानाकर्षण गराएको बताए।

‘यसरी बाँडिएको मध्ये एक रिमजति समातेर बुझाइयो। यस्तो नगरौं भन्दा हातपात गर्न खोजियो,’ रावलले भने, ‘यहाँ केही पर्यवेक्षकका नाममा छिरेको पाइयो। यसलाई पनि रोकियो।’ अहिले मतदान सकिएर मुचुल्काको काम भइरहेको भन्दै रावलले २ घन्टाभित्र अन्तिम नतिजा आउने विश्वास व्यक्त गरे।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल