जनकपुर – विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने भएकी छन्। त्यसका लागि राष्ट्रपति भण्डारी जनकपुर आउँदै छिन्। साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीको जनकपुर आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसअघि जनकपुरको जानकी मन्दिरमा उनले पूजापाठ…