Logo

भारत

नेपाल प्रवेश गर्न लागेका एक तिब्बती एसएसबीको नियन्त्रणमा



राजु भण्‍डारी, दार्जीलिङ – सीमा सुरक्षा बल एसएसबी ४१औं बटालियन पानीट्याङ्की बीओपीका बीआईटी जवानहरूले एक जना तिब्बती नागरिकलाई पक्राउ गरेका छन्।

पक्राउ परेका तिब्बतीलाई आवश्यक कारबाहीका लागि खोरीबारी थानामा सुम्पिदिएको बताइएको छ। भारतदेखि नेपालमा प्रवेश गरिरहेको समय एसएसबीका जवानहरूले उक्त व्यक्ति तेन्जिङ नामका व्यक्तिलाई पक्राउ गरेको हो।

एसएसबी बीआईटी जवानहरूले उक्त व्यक्तिसँग कागजपत्र छानबीन गर्दा भारतीय आधार कार्ड, प्यान कार्ड र पञ्जीकरण कार्ड देखाए पनि उक्त कागजपत्रको म्याद २ वर्षअघि नै समाप्त भइसकेको एसएसबीले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिको साथबाट चिनियाँ सरकारी अधिकारीले जारी गरेको ट्रयाभलिङ कागजपत्र पनि बरामद भएको छ। भारतमै बस्नका लागि वैध कागजपत्र नभएको कारण उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित : १४ मंसिर २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल