Logo

समाचार

बागलुङमा जीप दुर्घटना, ९ महिलासहित १४ जनाको मृत्यु



दुर्घटनामा परेकाे जीप। फाइल तस्वीर

बागलुङ – बागलुङको बडीगाड गाउँपालिका–७ भीमगिठेमा जीप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक एसपी नवराज भट्टराईले जीप बडीगाड गाउँपालिका–७ भीमगिठेमा दुर्घटना भएको जानकारी दिएका हुन्।

जीप सडकबाट खोलामा खसेको छ। दुर्घटनामा ९ जना महिला, ४ जना पुरूष र एक बालकको मृत्यु भएको भट्टराई बताए। कुल पूजाका लागि कार्की परिवारले जीप रिजर्भ गरेको बुझिएको छ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल