काठमाडौं, जेष्ठ ३१ गते । संसदीय समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट एयरपोर्टका रुपमा विकास गर्न सुझाव दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । उक्त प्रतिवेदनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे…