Logo

आर्थिक

नबिल बैंकमा आकर्षक सुविधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा



काठमाडौं, असार २ गते । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी गरेको छ। बैंकले ‘नबिल इको–फ्रेड्ली बिजनेस लोन’ जारी गरेको हो ।

फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरूको वित्तीय आवश्कता पुरा गर्न आकर्षक सुबिधा तथा ब्याजदर सहित नयाँ कर्जायोजना ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कर्जायोजना अन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलब ५ प्रतिशत कममा कर्जा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । ‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिङ्ग अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एसएमई तथा एमएफ विभागका प्रमुख निरज कुमार बस्नेत डनिल ले भने ।

प्रकाशित : २ असार २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल