Logo

आर्थिक

बागमती प्रदेशले मोटरसाइकलको जरिवाना पूर्णरुपमा छुट दिने



काठमाडौं, असार २ । बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटर लगायत अन्य दुई पाङ्ग्रे सवारी साधनको अविलम्ब नवीकरण जरिवाना शुल्क पूर्ण रुपमा छुट दिने भएको छ ।

बुधबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहित अनुमानित ७० अर्ब ९३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको प्रदेश सरकारले कर नीतिमा सहजीकरण गर्दै हालसम्म प्रदेश यातायात कार्यालयमा दाखिला हुन नसकेको नवीकरण शुल्कको अविलम्ब शुल्क ९जरिवाना० पूर्णरुपमा छुट दिने घोषणा गरेको हो ।

यस्तो छुट आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म दाखिला गरेमा सवारी धनीले पूर्णरुपमा जरिवाना छुट पाउने प्रदेश सरकारले बताएको छ ।

प्रदेश अर्थ तथा योजनामन्त्री शालिकराम जर्मकट्टेलले सार्वजनिक गरेको बजेट वक्तव्यको बुँदा नम्बर २२८ मा सो बारे उल्ले गर्दै प्रदेश सरकारले भनेको छ, ‘विगतमा सवारीधनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एवम् अन्य दुई पाङ्ग्रे सवारी साधनको सवारी साधन कर संवत् २०७९ फागुन मसान्तसम्म दाखिला गरेमा जरिवाना छुट दिने व्यवस्था मिलाएको छु ।
साथै, बागमती प्रदेश बाहिरका अन्य प्रदेशमा दर्ता भई बागमती प्रदेशमा प्रदेसान्तरण गर्नुपरेमा समेत त्यस्ता सवारी साधनको नाम सारीमा समेत प्रदेश सरकारले सहजीकरण गर्ने जनाएको छ । तर, अन्य सवारी करमा भने पूर्ववत् करका दरलाई नै यथावत् राखिएको बागमती प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित : २ असार २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल