Logo

आर्थिक

रियलमीद्वारा सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक



काठमाडौं, असार ३ गते । रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको सो स्मार्टफोन ब्रान्डले शुक्रबार २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेको हो । विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रो पनि सार्वजनिक भएको छ ।

रियलमीले गत वर्ष सार्वजनिक गरेको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो । उक्त स्मार्टफोनमा जिटी २ प्रोले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन् भनेर नयाँपन अपनाएको छ ।

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५० % चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्ले सँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर, नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल