काठमाडौं, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन्। नुवाकोटको ककनीमा बिहीबार स्काउटको तेस्रो जम्बोरीको उद्घाटन गर्दै ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकाले यसमा सबैको सहयोग हुनुपर्ने बताएका हुन्। प्रधानमन्त्री ओलीले सरकारले बालबालिका, युवा तथा विद्यार्थीहरुको हीतमा काम गर्ने बताएका छन्। वि.सं. २०२४–०२५…