Logo

राजनीति

‘सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुहोस्’



काठमाडौं, १९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताएका छन्।

केही समयअघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न सुझाव दिएका हुन्। ‘एक पटक आरोहण गरेपछि पटक–पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिले पनि लापरवाही गर्नु नहुने बताए। ओलीले भने, ‘हिमाल आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन। स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुँदैन। स्वास्थ्य ठिक भएपछि वा जोखिम घटेपछि पुनः आरोहणको प्रयास गर्नुपर्दछ। सफलता पाइन्छ।’

ओलीले आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ वर्षसम्म जेल बस्नु परेकाले त्यो अवसर नपाएको प्रधानमन्त्री बताए। ‘मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो,’ ओलीले भन्नुभयो “भूमिगत जीवन, जेल जीवनले पाइँन। जब जेलबाट छुटेँ, कमजोर स्वास्थ्यले साथ दिएन।’

सगरमाथा आरोहण गर्ने पाँच महिला पत्रकारको सम्मानमा प्रथम महिला श्रीमती राधिका शाक्यले कार्यक्रम आयोजना गरेकी हुन्। सफल आरोही पत्रकार रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ, कल्पना महर्जन र प्रियालक्ष्मी कार्की हुन्। कार्की स्वास्थ्य बिग्रिएका कारणले ७ हजार मिटरबाट फर्किएकी थिइन्।

आरोहीहरुलाई प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यले सम्मान गरेका छन्। यसैगरी, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सम्मान गरेका छन्।

प्रकाशित : १९ जेष्ठ २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल