काठमाडौं, ११ जेठ – औद्योगिक युगको प्रारम्भसँगै विश्वमा शहरीया जीवनशैली पछ्याउनेहरुको जमात ह्वात्तै बढ्यो। जसकारण विश्वमा सामाजिक विचलन देखियो। ग्रामीण क्षेत्रका नागरिकहरुको पलायन र स–साना शहरहरुको विकास तीव्र भयो। शिल्पी थिएटरमा मञ्चन भइरहेको एन्टोन चेकोवको नाटक थ्री सिस्टर्सको नेपाली अनुवाद तीन बहिनी पनि त्यही परिवेशको प्रतिबिन्ब हो। नाटकमा सैनिक अधिकृतको परिवारलाई प्रस्तुत गरिएको छ। पिताको मृत्युपछि…