पोखरा, ४ भदौ – कास्कीको पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणका १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तिमार्फत १६ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो। प्रदेश क्षयरोग केन्द्रमा सशस्त्र प्रहरीहरूको स्वाब परीक्षण गरिएको थियो। गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएको थियो। र,…