वीरगञ्ज, ११ भदौ – बारा र पर्सा जिल्लामा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। बारा जिल्लको सुवर्ण गाउँपालिका–४ हर्दियाकी २३ वर्षीया युवतीको पनि बिहीबार बिहान मृत्यु भएको हो। ती महिला गर्भवती थिइन्। नारायणी अस्पतालमा भदौ ८ गते उपचारका लागि उनलाई…