Logo

समाचार

कोरोना भाइरसको संक्रमणबाट गर्भवतीसहित दुई जनाको मृत्यु



वीरगञ्ज, ११ भदौ – बारा र पर्सा जिल्लामा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

बारा जिल्लको सुवर्ण गाउँपालिका–४ हर्दियाकी २३ वर्षीया युवतीको पनि बिहीबार बिहान मृत्यु भएको हो। ती महिला गर्भवती थिइन्।

नारायणी अस्पतालमा भदौ ८ गते उपचारका लागि उनलाई भर्ना गरिएको थियो। स्वासप्रस्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

त्यसैगरी, ७२ वर्षीय पुरुषलाई निमोनियाले ग्रसित पारेको थियो। उनको बुधबार साँझ मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको हो।

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल