Logo

गण्डकी प्रदेश

पोखरामा १६ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण, सप्तरीका युवकको मृत्युपछि कोरोना पुष्टि



पोखरा, ४ भदौ – कास्कीको पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणका १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तिमार्फत १६ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो। प्रदेश क्षयरोग केन्द्रमा सशस्त्र प्रहरीहरूको स्वाब परीक्षण गरिएको थियो।

गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएको थियो। र, सशस्त्र प्रहरीको टोलीलाई पोखराबाट स्याङ्जा पठाइएको थियो।

स्याङ्जाबाट पोखरा फर्किएपछि २९ जना सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखिएको थियो। जसमध्ये १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको हो। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १२ पुगेको छ।

मृत्यु भएपछि कोरोना पुष्टि

सप्तरीका एक युवकको कोरोना संक्रमण पुष्टि भएको छ। राजविराज–४ का २८ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनको धरानमा मंगलबार मृत्यु भएको हो। ज्वरो आएको र स्वासप्रस्वास भएको बताएपछि उनलाई राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो।

तर, त्यहाँ उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो। उपचारका लागि धरान पु¥याएको केही समयपछि नै उनको मृत्यु भएको थियो।

मृतकको शव राजविराज ल्याएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। बुधबार राति आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल