Logo

समाचार

‘स्वास्थ्यमन्त्रीज्यू, तारकेश्वरमा पिसिआर परीक्षणमा ढिलाई किन? जिम्मेवारीबोध कहिले हुन्छ?’



काठमाडौं, १० जेठ – काठमाडौंका २६ वटामध्ये तारकेश्वर र गोकणेश्वरमा पनि कोरोना भाइरसका संक्रमण देखिएपछि स्थानीयबासी र त्यहाँका अगुवा राजनीतिककर्मीले पिसिआर परीक्षणको माग गरेका छन्।

नेपाली कांग्रेस तथा नेपाल मानवअधिकार संगठन तारकेश्वर समितिले नगरमा एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि तत्कालै तीव्र रूपमा पिसिआर परीक्षणको माग गरेका हुन्।

साथै दुवै समितिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसप्रति सजगता अपनाउन व्यक्ति र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

विश्वव्यापी रुपमा कोरोना भाईरस संग्रमण काठमाडौं उपत्यकामा फैलिएको लामो समय भइसकेको छ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का संगठन विभाग प्रमुख विष्णुभक्त तिमिल्सिनाले तारकेश्वर नगरपालिकाले कोरोना भाइरसको परीक्षणका लागि अगुवाइ गर्नुपर्ने बताएका छन्।

तिमिल्सिनाले तारकेश्वर नगरपालिकाभित्र जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छन्। हेल्थडेस्क राखिए पनि दक्ष जनशक्ति नराखिएको उनले बताए।

कोरोना भाइरसको जोखिम नियन्त्रणका बारेमा जनचेतना जगाउन र तारकेश्वर नाकामा प्रवेश गर्ने विभिन्न नाकामा कडाइ गर्न उनको माग छ।
तिमिल्सिनाले पर्याप्त स्वास्थ्यकर्मी राखेर जाँचको व्यवस्था मिलाउन माग गरेका छन्।

नेपाल मानवअधिकार संगठन तारकेश्वर समितिका अध्यक्ष हरि तिमिल्सिनाले काठमाडौंका २६ क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएकाले पिसिआर परीक्षण तीव्र पार्न माग गरेका छन्।

विभिन्न नाकाहरूबाट सहज रुपमा दैनिक ठूलो संख्याका मानिसहरू आवतजावत गर्ने भएकाले तारकेश्वरमा उच्च सतर्कतासहित कोभिड १९ को परीक्षण गर्ने व्यवस्था मिलाउन तिमिल्सिनाको माग छ।

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई विशेष आग्रह गर्दै अध्यक्ष तिमिल्सिनाले पिसिआर परीक्षण गरी नागरिकलाई सुरक्षित भएको अनुभूति दिलाउन माग गरे।

‘स्वास्थ्यमन्त्रीज्यू, जिम्मेवारीबोध कहिले हुन्छ, पिसिआर परीक्षणमा ढिलाई किन?,’ तिमिल्सिनाले भने, ‘तत्काल कन्ट्याक ट्रेसिङ र पिसिआर परीक्षणलाई तीव्रता दिइयोस्, स्थिति भयावह नहोस्।’

हेर्नुहाेस्: सहकारी आन्दोलनमा बिपी कोइराला र मदन भण्डारीको योगदान के थियो?

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल