मदन गिरी, महेन्द्रनगर, १८ भदौ – सुदूरपश्चिम प्रदेशमै एक नाम चलेको प्रतिष्ठित सहकारी हो– उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड । स्थापनाको दुई दशकमै स्थानीयको मन जित्न सफल सहकारीको रुपमा स्थापित छ उदयदेव । २०५६ सालमा स्थापना भएको सहकारी २५ जना शेयर सदस्यबाट शुरु भएको थियो । उक्त सहकारीमा हाल २४ हजार शेयर सदस्य जोडिएका छन्।…