काठमाडौं – सत्तारुढ नेकपासहित विभिन्न १० संगठन आबद्ध लिम्बुवान संयुक्त संघर्ष समितिले प्रदेश १ को नामकरण ‘लिम्बुवान किरात’ हुनुपर्ने प्रष्ट पारेको छ। लिम्बुवान संयुक्त संघर्ष समितिमा आवद्ध १० संगठनले यसका लागि केही दिनभित्रै शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका छन्। अहिलेको प्रदेश १ को भौगोलिक अवस्था तथा सामाजिक, सांस्कृतिक, ऐतिहासिक एवं पहिचानको आधारमा ‘लिम्बुवान किरात’ नामकरण…