Logo

प्रदेश

१० संगठन आवद्ध संयुक्त संघर्ष समितिको माग, ‘प्रदेश १ को नाम लिम्बुवान किरात’



काठमाडौं – सत्तारुढ नेकपासहित विभिन्न १० संगठन आबद्ध लिम्बुवान संयुक्त संघर्ष समितिले प्रदेश १ को नामकरण ‘लिम्बुवान किरात’ हुनुपर्ने प्रष्ट पारेको छ। लिम्बुवान संयुक्त संघर्ष समितिमा आवद्ध १० संगठनले यसका लागि केही दिनभित्रै शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका छन्।

अहिलेको प्रदेश १ को भौगोलिक अवस्था तथा सामाजिक, सांस्कृतिक, ऐतिहासिक एवं पहिचानको आधारमा ‘लिम्बुवान किरात’ नामकरण हुनुपर्ने समितिको तर्क छ।

विभिन्न राजनीतिक आन्दोलन, विगतमा नेपाल सरकारसँग पटक–पटक भएका सहमतिहरु र २००७ सालको क्रान्ति, जनयुद्ध, जनआन्दोलन तथा मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन र लिम्बुवान आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनजर गर्दै अहिलेलाई साझा पहिचानको आधारमा उक्त नाम उपयुक्त हुने समितिको ठहर छ।

सुरु हुन गइरहेको प्रदेश १ को अधिवेशनमा प्रदेश सभा, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकार र राजनीतिक दलहरुबाट उक्त मागलाई सम्बोधनका लागि समितिले अपिल गरेको छ।

नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा नेपालका संयोजक मुक्सामहाङ मेन्याङवो, समाजवादी पार्टी लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराक, संघीय लिम्बुवान पार्टीका कोषाध्यक्ष एलबी पालुङवा, नेपाली कांग्रेस सम्बद्ध लिम्बुहरुको तर्फबाट उत्तमसिंह थाङदेन, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बु बनेमले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

त्यसैगरी, याक्थुङ युवा मञ्चका अध्यक्ष भूपेन्द्र खुदाङ, लिम्बु विद्यार्थी मञ्चकी अध्यक्ष दीपा लक्सम, लिम्बुवान प्रिङ आन्दोलन अभियन्ता टंक सेलिङ र याक्थुङ लेखक संघका केन्द्रीय प्रतिनिधि रोहित आङबोले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

प्रकाशित : १८ माघ २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल