काठमाडौं, १७ असार – नेपाली कांग्रेसको प्रभावशाली नेता एवं सांसद गगनकुमार थापाले स्वास्थ्य अध्यादेश प्रतिस्थापन विधेयकको प्रतिस्थापन गर्ने चिकित्सा शिक्षा विधेयक माफियाको पक्षपोषण गर्न ल्याइएको टिप्पणी गरेका छन्। नेता थापाले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानमाथि गम्भीर आपत्ति व्यक्त गरेका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोलेका थापाले वामपन्थी सरकारले ल्याएको विधेयकलाई…