काठमाडौं – नेपाल तरुण दलले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयका विरोधमा राजधानीको रत्नपार्कमा भण्डाफोर कार्यक्रम गरेको छ। शहरका विभिन्न ठाउँबाट निस्किएका तरुण–युवाहरुले ओली सरकारविरुद्ध चर्का नाराबाजी गर्दै रत्नपार्कमा जम्मा भएर विरोध जनाएका थिए। कार्यक्रममा तरुण दलका शीर्ष नेताहरुले विशेष सम्बोधन गरेका थिए। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले…