काठमाडौं – प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सरकार नयाँ संकल्पका साथ अघि बढेको बताउनु भएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको तीव्र गतिको चरणमा देश प्रवेश गरिसकेकाले सबै पक्ष रचनात्मक ढंगले अघि बढ्न निर्देशन दिनुभएको हो…