बेरुत, २७ साउन – लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। बेरुत विष्फोटनको नैतिक जिम्मेवारी लिँदै दियाबले पदबाट राजीनामा दिएका हुन्। राजधानी बेरुतमा ४ अगस्टका दिन भएको भयानक विस्फोटपछि दियाबको सरकारविरुद्ध चर्को जनआक्रोश देखिएको थियो। २ सयको ज्यान जानेगरी भएको सो विष्फोटका कारण लाखौै मानिस घरबारविहीन भएका थिए। विष्फोटपछि बेरुतमा आमनागरिकले प्रदर्शन तीव्र पारेका छन्।…