Logo

राजनीति

भारतले काँगडा र दार्जीलिङसम्मको भूभाग फिर्ता गर्नुपर्छ: दीनानाथ शर्मा (हेर्नुहाेस् भिडियाे)



काठमाडाैं, ४ असार – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं राष्ट्रियसभा सदस्य दीनानाथ शर्मा पश्चिममा किल्ला काँगडा र पूर्वमा दार्जीलिङसम्मको नेपाली भूभाग फिर्ता गर्नुपर्ने बताएका छन्।

नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ को छलफलमा सहभागी हुँदै नेता शर्माले अंग्रेजको दादागिरीका कारण नेपालले गुमाएको भूभाग भारतले सगौरव फिर्ता गर्नुपर्ने बताएका हुन्।

‘भारतले हामीलाई असल मित्र मान्ने हो, असल मित्र ठान्ने हो भने अंग्रेज साम्राज्यले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईको हो, तपाईहरूको मुटु काटेर यतातिर मिसिएको छ, त्यसकारण पश्चिम किल्ला काँगडा र पूर्वमा दार्जीलिङसम्मको भूभाग लिनुस् भनेर सगौरव फिर्ता गर्दिनुपर्छ, यो नासो बुझ्नुहोस् अंग्रेज साम्राज्यवादले लुटेर लिएर गएको हो भन्नुपर्छ,’ शर्माले भने।

प्रकाशित : ४ असार २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: