Logo

राजनीति

रुकुम हत्याकाण्डका दोषीलाई सरकारले नै जोगाउन खोज्यो: कांग्रेस नेता विश्‍वकर्मा



काठमाडौं, ९ साउन – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधानका संरक्षकहरूबाट संविधानमाथि खतरा उत्पन्न भएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै विश्वकर्माले संविधान संरक्षकहरूबाट संविधानमाथि खतरा उत्पन्न भएको बताएका हुन्।

पार्टी विभाजन गर्न रातारात विधेयक ल्याउने सरकारले महिला, मुश्लिम, मधेशी, दलितको अधिकारका लागि कानुन निर्माणमा सरकारले ढिलाई गरेको टिप्पणी गर्दै विश्वकर्माले सरकारको आलोचना गरेका छन्।

हेर्नुहाेस् भिडियाे:

https://www.youtube.com/watch?v=3k0DjF5KPlw

साथै रुकुम घटनामा ज्यान गुमाएका नवराज विकसहितका युवाको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै नेता विश्वकर्माले सरकारले अभियुक्तलाई संरक्षण गर्न खोजे आन्दोलन सशक्त बनाउने बताएका छन्।

ओली नेतृत्वको सरकारले राज्य आतंक शुरु गरेका कांग्रेस नेता विश्वकर्माले सत्तारुढ दलका नेताहरूको कार्यशैली र अभिव्यक्तिको कडा शब्दमा आलोचना गरेका छन्।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल