Logo

राजनीति

राज्य पक्षबाट रुकुम घटनाको पीडकलाई संरक्षण गर्ने प्रवृत्ति देखियो: प्रदीप पौडेल



काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल दलित विद्यार्थी संघले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए पनि समिति गठनमा ढिलाइ गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै संघले विरोध प्रदर्शन गरेको हो ।

सोमबार काठमाडौंको माइतिघरमा गरेको विरोध सभामा नेविसंघका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ गर्दा घटनालाई लुकाई पीडकलाई उन्मुक्ति दिने खतरा बढेको बताए ।

उनले राज्य पक्षबाट पीडकलाई संरक्षण गर्ने प्रवृत्ति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्याय दिनका लागि सदन र सडक दुवै ठाउँबाट दबाब दिनुपरेको बताए ।

पीडितलाई न्याय पाउने कुरामा मानवअधिकारकर्मी, राजनीतिक दल सबैले सदन र सडकबाट दबाब दिनुपर्ने पौडेलले बताए । विरोध प्रदर्शनमा नेबि सघ र नेपाल दलित विद्यार्थी संघ विद्यार्थी समेत सहभागीता रहेको थियो ।

राष्ट्रियताका लागि कांग्रेसका सांसद रगतले सहीछाप गर्न तयार

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: