काठमाडौं, ५ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सहज रुपमै सम्पन्न हुने बताएका छन्। शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका जटिल, संवेदनशील र गम्भीर विषय टुंगिसकेको बताएका हुन्। ‘बाँकी काम सहजै टुंगिन्छन्,’ उनले भने। प्रचण्डले सत्य निरुपण…