Logo

राजनीति

विश्वप्रकाशको चेतावनी, ‘यता या उताको जोडघटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्’



काठमाडौं, ७ मंसिर – राजनीतिक घटनाक्रमले नेपालको राजनैतिक माहोल एकाएक तातेको छ। शनिबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सरकारमा सामेल हुन प्रस्ताव गरेको समाचार बाहिरिएपछि रानितिक वृतमा विभिन्न अड्कलबाजी शुरु भएका छन्।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्न प्रष्ट जनादेश भएको बताएका छन्। कांग्रेस सरकारमा जान्छ कि भन्ने अनुमान शुरु भइरहेका बेला शर्माले नेकपाको द्वन्द्वसँग विल्कुप निरपेक्ष रहेको स्पष्ट पार्दै कांग्रेस तत्काल सरकारमा नजाने प्रष्ट पारेका हुन्।

‘५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई अतः कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं,’ शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘नेकपाको द्वन्द्वसँग बिल्कुल निरपेक्ष छौं। अतः यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस, सजग गराउँदछौं।’

नायिका ऋचा शर्माको डरलाग्दो कोरोना अनुभव, एलिजा गौतम चिन्तित, नीति शाहले मागिन् माफी

प्रकाशित : ७ मंसिर २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल