Logo

राजनीति

सर्वदलीय बैठक : सरकारको कामप्रति अधिकांश विपक्षी दलले पोखे असन्तुष्टि



काठमाडाैं, २३ मंसिर – संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सरकारप्रतीको काममाथी असन्तुष्टि व्यक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा बोल्दै विपक्षी दलका नेताहरुले सडक लगायतका कामहरुमा सरकारसंग चित्त नबुझेको बताएका हुन्।

बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो। सरकारले राम्रो काम गर्न नसके पनि अहिलेको प्रणाली र व्यवस्थाप्रति आन्दोलनप्रति साथ नरहने प्रतिवद्धता जनाएका छन्।

बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका नराम्रा कामबाट व्यवस्था विरोधी हौसिएको बताएका थिए। यही मौकामा व्यवस्था उल्टाउन सकिन्छ कि भनेर नसोच्नसमेत उनले चेतावनी दिएका थिए।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा व्यापक असन्तुष्टि रहेको र यसमा कुनै दुईमत नभएको बताएका छन्। उनले भने, ‘सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ। राजावादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो।’

राप्रपा नेता दीपक बोहोराले सडकमा भइरहेको प्रदर्शनमा आफूहरूको समर्थन रहेको बताएका थिए। उनले यही संविधानमा राजतन्त्र र हिन्दु धर्मबारे सोधौं न भनेर भनेका थिए।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुरले अस्वीकृत भएको व्यवस्थाका विरूद्ध भएका आन्दोलनमा साथ नरहने स्पष्ट पारे।

प्रकाशित : २३ मंसिर २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल