Logo

राजनीति

प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद् बैठक आह्वान



काठमाडौं, २५ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। मंसिर २८ गते आइतबार ९ बजे परिषदको बैठक बोलाइएको हो।

बैठकमा संवैधानिक नियुक्तिको कार्यसूची रहने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ। सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा करिब ४ दर्जन पद रिक्त छन्।

राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख सहित चार र दुई सदस्य खाली छन्। निर्वाचन आयोगमा दुई आयुक्त खाली छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि सदस्यहरू रिक्त छन्। राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ।

प्रकाशित : २५ मंसिर २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल