कालिकोट – दशैं मनाउन कालिकोट गएका नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ शाही अहिले गाउँ–गाउँमा पुगिरहेका छन्। कालिकोटका नेता, कार्यकर्ता र शुभचिन्तकसँग भेटसँगै पार्टीको सांगठानिक सुदृढीकरणमा पनि शाहीले काम गरिरहेका छन्। कालिकोटमा रहेको कम्युनिष्ट पार्टीको पकडलाई अब कांग्रेसको पक्षमा बनाउने रणनीतिका साथ युवा नेता शाहीले गाउँपालिकाहरू र वडाहरू केन्द्रित कार्यक्रम गरिरहेका छन्। ‘अब चारतारे झण्डा फहराउनुपर्छ…