Logo

राजनीति

‘दशैं मनाउने बहानामा कोरोना संक्रमण नफैलाऔं, चाडपर्व परिवारमै सीमित गरौं’



काठमाडौं, ७ कात्तिक – नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका अध्यक्ष पुष्कर बास्तोलाले दशैंतिहार, छठ लगायतका चाडपर्व सुरक्षित रुपमा मनाउन आग्रह गरेका छन्।

अध्यक्ष बास्तोलाले समाजलाई सुरक्षित राख्नका लागि विद्यार्थी र युवाहरूले अगुवाई गर्नका लागि अनुरोध पनि गरेका छन्। ‘समाजलाई सुरक्षित राख्न युवाको भूमिका महत्त्वपूर्ण हुन्छ, त्यसैले सबै आ–आफ्नो ठाउँबाट काम गरौं,’ उनले भने।

दशैंमा टीका लगाउन जाँदा कोरोना संक्रमण फैलिन सक्ने भएकाले सकेसम्म अहिले परिवारमै मात्र सीमित हुन बास्तोलाको आग्रह छ। जेष्ठ नागरिक र बालबालिकालाई सुरक्षित राख्न ध्यानाकर्षण गराउँदै उनले दशैंलाई सुरक्षित बनाउनुपर्ने धारणा राखेका छन्।

युवा नेता बास्तोलाले दशैं मनाउन गाउँ गएका युवाले संक्रमण फैलिन सक्ने विषयमा गम्भीर बन्नुपर्ने सुझाव दिएका छन्। ‘काठमाडौंबाट पिसिआर परीक्षण नगरी गाउँ जानुभएकाहरूले कोरोना गाउँमा लान सक्ने सम्भावना प्रबल छ, त्यसैले पारिवारिक भेटघाटमा विशेष ध्यान पुर्‍याउनुपर्छ,’ उनले भने, ‘दशैं मनाउने बहानामा कोरोना संक्रमण नफैलाऔं, चाडपर्व परिवारमै सीमित गरौं।’

कोरोना प्रकोपबाट पीडित विद्यार्थीलाई विशेष राहत प्याकेजको घोषणा गर्न शिक्षामन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै अध्यक्ष बास्तोलाले परीक्षाका सन्दर्भमा पनि पुनर्विचार र यथेष्ट सुरक्षा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित : ७ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल