Logo

राजनीति

‘केपी शर्मा ओली र प्रचण्डबीचको संवादबाटै विवाद समाधान हुन्छ, बहसबाट नयाँ कार्यदिशा’



काठमाडौं, ३० कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की युवा नेतृ सुनिता बरालले पार्टीभित्र देखिएको विवादको समाधानको निकास दुई अध्यक्षबीचको संवादबाटै आउने बताएकी छिन्।

नेकपाको युवा विद्यार्थी विशेष जिल्ला कमिटीकी सचिव बरालले कम्युनिष्ट पार्टीभित्र हुने बहसले नवीनत् कार्यदिशा निर्माण गर्ने उल्लेख गर्दै अब पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने बताएकी हुन्।

युवा नेतृ बरालले पार्टीको महाधिवेशनपछि केन्द्रीय कमिटीमा युवाको उपस्थिति बलियो बनाउने गरी काम गर्न आवश्यक रहेका बताएकी छिन्।

नेकपाभित्रको विवाद समाधानका लागि दीर्घकालीन कार्यक्रम, जनजीविकाका सवालहरूको सम्बोधनसहित छलफलमा जुट्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले आग्रह गरेकी छिन्।

‘सरकारले काम गरिरहँदा पार्टीभित्र केही विवाद देखिएका छन्, स्थायित्व नचाहनेहरूका केही चलखेल पनि भएका छन्, तर सरकारले पाँच वर्ष काम गर्ने र पार्टीलाई रुपान्तरण गरेर जनताको बीचमा अझै सशक्त बनाएर लैजानु पर्ने दिशामा अबको बहस केन्द्रित हुनुपर्छ,’ उनले भनिन्।

बाहिर देखिएको जस्तो विवाद दुई अध्यक्षबीच नरहेको तर्क गर्दै नेतृ बरालले सरकारमा कसरी जाने वा सरकार कसरी ढाल्ने भन्दा पनि सरकारलाई कसरी सफल बनाउने भन्ने विषय प्रमुख रहेको धारणा राखिन्।

कम्युनिष्ट पार्टीभित्र वैचारिक बहस हुने बताउँदै बरालले सत्ताको अव्यवहारिक खेलमा नलाग्न नेताहरूलाई आग्रह गरिन्। अहिले प्रधानमन्त्रीको राजीनामा माग्नु अनैतिक हुने उनको तर्क छ।

‘यो सरकार पाँच वर्षका लागि हो, त्यतिञ्जेल केपी शर्मा ओलीले सरकार र पार्टीको नेतृत्व गर्नुहुन्छ, अहिले सरकार ढाल्ने, सरकार बनाउने विषयमा कोही लाग्छ भने त्यो जनादेशको अवमूल्यन हुनेछ, र, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न पनि,’ उनले भनिन्।

नायिका ऋचा शर्माको डरलाग्दो कोरोना अनुभव, ऋषि धमलालाई संक्रमण भएपछि एलिजा गौतम चिन्तित

प्रकाशित : ३० कार्तिक २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल