Logo

राजनीति

मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानुनी कारबाही गर्न नेकपा अध्यक्ष प्रचण्डको माग



काठमाडौं, ९ कात्तिक – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिवको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

अध्यक्ष प्रचण्डले आइतबार विज्ञप्ति जारी गरी पार्टी गाउँपालिका सचिव मुकेश चौरसियाको हत्याका दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।

कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथग्रहण समारोहमा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको भोलिपल्ट मृत्यु भएको छ।

यसअघि नेकपाको पर्सा जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवले विज्ञप्ति निकालेर चौरसियालाई शहीद घोषणा गर्न माग गरेका छन्।

साथै हत्यामा संलग्नलाई कारबाही गर्न उनीहरूले माग गरेका छन्। प्रचण्डले आफू नेकपाको केन्द्रीय कार्यकारी अध्यक्षको हैसियतमा जिल्ला कमिटीको वक्तव्यलाई समर्थन गर्ने बताएका छन्।

हत्याको घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको टिप्पणी गर्दै प्रचण्डले कारबाही अघि बढाउन माग गरेका छन्।

‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’ प्रचण्डले विज्ञप्तिमा भनेका छन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : ९ कार्तिक २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल