काठमाडौं, १८ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफैं फुटको संघारमा थियो। प्रधानमन्त्री केपी शर्मा ओली एकातिर रहँदा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल अर्कातिर थिए। त्यसपछि सिर्जित राजनीतिक घटनाक्रम संसद विघटनसम्म पुग्यो। संसद पुनर्स्थापना भयो। तर नेकपा नेकपा रहेन। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदियो। त्यसपछि प्रचण्ड आफ्नो पार्टीसहित अलग्गिए। तर, नेकपा एमाले…