Logo

राजनीति

कति बढ्यो सरकारी कर्मचारीको तलब ? जेष्ठ नागरिकको मासिक ‘बृद्धभत्ता’ पनि शतप्रतिशत बृद्धि



काठमाडौं, १५ जेठ – सरकारले निजामती कर्मचारीको मासिक तलब बृद्धि गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत् दुई हजार रुपैयाँ बृद्धि गरेका हुन्।

कोरोना–१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभए पनि राष्ट्रसेवकको मनोबल बढाउन तलब बृद्धि गरिएको हो।

अर्थमन्त्री पौडेलले साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको जानकारी गराएका हुन्।

समयानुकुल तलब भत्तामा समायोजन गर्दै जानुपर्नेमा कर्मचारी युनियनको जोड थियो। निजामती कर्मचारीको तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न ‘पे कमिशन’ गठन गर्ने जानकारी अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्।

कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बीमा र एक लाखको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्ने उल्लेख गरिएको छ।

अर्थमन्त्री पौडेलले निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निमार्ण गर्ने बताएका छन्।

अध्यादेशमार्फत् ल्याइएको आर्थिक वर्ष २०७८।७९ को बजेटमा हाल दिइएको महँगी भत्ता कायम राखिएको छ।

यसअघि आर्थिक वर्ष २०७६।७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो। सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलब बढाउने घोषणा भएको थियो।

बजेटमा निजामती कर्मचारीले तिर्ने सामाजिक सुरक्षा करको ५० प्रतिशत निजामती अस्पतालको पूर्वाधारका लागि दिने र अस्पतालमा निजामती कर्मचारीका लागि शैया तोक्नुका साथै डेडिकेटेड सेवा शुरु गर्ने बजेटमा उल्लेख छ।

पौडेलले निजामती कर्मचारीको सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निजामती विद्यालय सञ्चालन गर्ने र भएका विद्यालयलाई स्तरोन्नती गर्ने प्रष्ट पारेका छन्।

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार

सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ। अर्थमन्त्री पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको बताएका हुन्।

पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बृद्धि गरेको जानकारी दिएका छन्। उनले सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन्।

रमेश खरेल अब राजनीतिमा? (अन्तरवार्ता)

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल