Logo

राजनीति

राष्ट्रियसभा उपनिर्वाचनको मतगणनाः डा. देवकोटालाई अग्रता, काठमाडौं फर्किए बादल



हटौँडा, ६ जेठ – बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसको समर्थन र माओवादीको प्रस्तावमा उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले अग्रता लिएका छन्।

स्थानीय तहका २ सय ३३ मतदातामध्ये देवकोटाले १ सय २८ र एमाले उम्मेदवार रामबहादुर थापाले १ सय ३ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन्।

स्थानीय तहको कुल २ सय ३८ मध्ये २ सय ३३ मत खसेको थियो। बागमती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १ सय ३३ मतदाता रहेका छन्।

यसैबीच, मतगणनामा पछि परेपछि थापा काठमाडौं फर्किएका छन्।

घरेलु औषधिबाटै कोरोनाको उपचार र रोकथाम सम्भव? (अन्तरवार्ता)

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल