हङकङ । हङकङमा 'गोर्खाज फाइनान्स लिमिटेड' को शुभारम्भ गरिएको छ । उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे । नेपालबाट नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली र युवा उद्यमी हिक्मतजंग कार्की लगायतका विशिष्ट…