Logo

पत्र-पत्रिका

सातामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थ खपत कति घट्छ ?



काठमाडौं,बैशाख ३ गते । बढ्दो इन्धन खपत घटाएर पेट्रोलियम पदार्थ आयात पनि न्यून गर्न तर्फ सरकारले ध्यान केन्द्रित गरेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ खपत घटाउन तर्फ सरकारको ध्यान केन्द्रित बनेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिइसकेका छन् ।

इन्धन खपत घटाउन सार्वजनिक बिदाको दिन सरकारी सवारी नचलाउने तथा सातामा दुई दिन बिदा दिने लगायतका योजना सरकारले अघि सारेको छ । यसो गर्दा सरकारी स्रोत प्रयोगबाट हुने इन्धन खपत घट्ने तथा सार्वजनिक बिदाका दिन सर्वसाधारणले गर्ने इन्धन खपत समेत घट्ने आङ्कलन सरकारको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गर्नु पर्ने सुझाव सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सरकारले शनिबारसहित आइतबार पनि सार्वजनिक बिदा घोषणाको तयारी गरेको हो । यसो गरे पेट्रोलियम पदार्थ खपत गरेबापत बाहिरिने विदेशी मुद्रा सञ्चिति जोगिने सरकारको बुझाइ छ ।

नेपाल आयल निगमका अनुसार नेपालमा सन् २०२२ मार्चमा नेपालमा ६३ हजार किलोलिटर पेट्रोल र १ लाख ६० हजार किलोलिटर डिजेल खपत भएको थियो । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले मार्च महिनामा दैनिक औसत २५ सय किलोलिटर पेट्रोल र ६४ सय किलोटिलर डिजेल खपत भएको जानकारी दिए । निगमले महिनाभर भएको पेट्रोल र डिजेल खपतलाई सार्वजनिक बिदा चार शनिबार बाहेकका दिनलाई हिसाब गरेर निकालेको औसत खपत हो ।

निगमका अनुसार मार्च महिनामा खपत भएको कुल ६३ हजार किलोलिटर पेट्रोललाई २५ दिन सार्वजनिक बिदा बाहेकका दिन भाग लाउँदा दैनिक औसतमा २५ सय २० किलोटिलर हुन आउँछ । ३१ दिन रहेको मार्चमा चार वटा शनिबार र दुई दिन सार्वजनिक बिदा परेको थियो । त्यसैले, निगमले सार्वजनिक बिदा बाहेकका दिनमा हुने पेट्रोलको अनुमानित खपत निकालेको हो ।

यस्तै, मार्च महिनामा कूल १ लाख ६० हजार किलोलिटर डिजेल खपत भएको थियो । मार्चमा खपत भएको डिजेललाई २५ दिन भाग लगाउँदा दैनिक औसत ६४ सय खपत भएको देखिन्छ । अर्थात, एक सार्वजनिक बिदाको दिन अन्य दिनको जस्तै सडकमा सवारी नचल्दा २५ सय किलोलिटर पेट्रोल र ६४ सय किलोलिटर डिजेल खपत हुनबाट जोगिन्छ ।

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल