Logo

पत्र-पत्रिका

अप्ठ्यारोमै छ अर्थतन्त्र



काठमाडौं, जेष्ठ २८ गते। अर्थतन्त्र संकटोन्मुख रहेको भन्दै नेपाल राष्ट्र बैंकले गत २१ चैतमा बैंक तथा वित्तीय संस्थाहरुलाई आयातको प्रतीत पत्र एलसी खोल्न मौखिक रुपमा रोक लगायो । तर, केन्द्रीय बैंकको मौखिक निर्देशनको फाइदा उठाउँदै केही ठूला घरनाले विलासी वस्तुको आयातलाई निरन्तरता दिए ।

अर्बौं रुपैयाँ बराबरको सवारी साधन, मदिरादेखि चकलेटसम्मको आयातलाई सरकार र केन्द्रीय बैंकले व्यापारीको प्रलोभनमा परेर खुल्ला नै राखे । अझ सरकारले त एक कदम अघि बढेर उक्त आयातलाई १३ वैशाखको राजपत्रमार्फत स्वीकार नै गर्‍यो । राजपत्रले केही वस्तुलाई असार समान्तसम्म आयातमा रोक लगाए पनि सुन लगायतका वस्तुको आयात भने खुला गर्‍यो । सरकारको यस्तो नीतिले अर्थतन्त्र संकटोन्मुख नरहेको संकेत गर्छ तर केन्द्रीय बैंकको १० महिनाको तथ्याङ भने फरक छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनाको आर्थिक तथा वित्तीय सूचकांकले मुलुकको अर्थतन्त्र थप दबावमा रहेको संकेत गरेको छ ।

खासगरी बाह्य क्षेत्रमा मुद्रास्फीतिको तीव्र दबाव परेको छ । जसले गर्दा शोधनान्तर स्थिति ९नेपालमा भित्रने र नेपालबाट बाहिरिने रकमको अन्तरउच्च घाटामा पुगेको छ भने व्यापार घाटा चुलिएको छ । विप्रेषण आय कम हुँदा विदेशी विनिमयको सञ्चिति समेत कम भएको छ । जसले गर्दा वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता कमजोर बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनमा कमी आउँदा तरलता अभाव चुलिएको छ ।

पर्यटक आगमन बढ्न थालेपछि भ्रमण आय केही बढे पनि समग्र सेवा आय उच्च घाटा देखिएको छ । अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन भएको छ । सरकारको पूँजीगत खर्च कमजोर बन्दा त्यसको असर वित्तीय क्षेत्रमा समेत नकारात्मक बनेको छ । सरकारले खर्च बढाउन नसक्दा सरकारका खातामा नगद मौज्दात बढेको छ । खर्चमा प्रदेश सरकारहरु समेत कमजोर बन्न पुगेका छन् । सेयर बजार निरन्तर घटिरहेको छ भने ब्याजदरले समेत आकाश छोएको छ । यसरी नेपाल राष्ट्र बैंकले सूचकांकमार्फत समग्र अर्थतन्त्र अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको संकेत गरेको छ ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल