Logo

पत्र-पत्रिका

आयातले धानेको भान्सा भात, तरकारी र अचारसमेत विदेशी



काठमाडौं वैशाख ३ गते । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकार आयातमा कडाइ गर्ने निष्कर्षमा पुगेको छ । तर सरकारले चालु आर्थिक वर्षमा आयात गरेको वस्तुको सूची र त्यसको मूल्य हेर्ने हो भने कृषिप्रधान देशका वासिन्दा हामीलाई गिज्याउने खालको छ ।

नेपालले गत साउनदेखि फागुन मसान्तसम्म अचार मात्र पाँच करोड ७७ लाख ६ हजार रुपैयाँको आयात गरेको भन्सार विभागको तथ्यांक छ । जसमध्ये एक लाख ७५ हजार ६८४ किलो अचार किनेर भारततर्फ दुई करोड ५९ लाख ४९ हजार र ९५ हजार ४६४ किलो अचार किने चीनतर्फ दुई करोड ८८ लाख नौ हजार रुपैयाँ बाहिरिएको छ । यी बाहेक जापान, कोरिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट पनि अचार आयात भएका छन् ।

अचार त एउटा उदाहरण मात्र हो, नेपालले कृषिजन्य उत्पादनकै आयात वर्षमा एक खर्ब भन्दा बढीको गर्दै आएको छ । झण्डै ६२ प्रतिशत मानिस कृषि पेशामा आवद्ध रहेको नेपालले चामल, तरकारी, दाल, गेडागुडीजस्ता दैनिक भान्सामा चाहिने वस्तु नै अत्यधिक आयात गर्दै आएको छ ।

हरियो तरकारी र फलफूलको आयात गत वर्ष भन्दा यस वर्ष दोब्बर भएको छ । २०७७ को साउनदेखि फागुनसम्म ४२ अर्ब २ करोड ५८ लाख रुपैयाँको तरकारी र फलफूल आयात भएकामा २०७८ को यसै अवधिमा ९५ अर्ब १५ करोड ७३ लाखको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षमा नेपालमा धेरै आयात हुनेको सूचीमा कृषिजन्य वस्तु सातौं स्थानमा रहेकामा यस वर्ष चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल