Logo

पत्र-पत्रिका

टेलिकमको अल नेट प्याक



काठमाडौँ, चैत १७ गते । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक ल्याएको छ । कम शुल्कमा अन्य सेवा प्रदायकको नेटवर्कमा समेत कुराकानी गर्न सकिने गरी उक्त प्याक ल्याएको कम्पनीले जानकारी दिएको हो । टेलिकमले जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँ र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध गराइएको जनाएको छ ।

यसैगरी बिहान ५ देखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० देखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने जनाइएको छ । आवश्यकताअनुसार बिहान ५ देखि साँझ ५ बजेसम्म १२ रुपियाँमा ३० मिनेट र १५ रुपियाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

साथै, ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने जनाइएको छ । नयाँ प्याकहरू २०७८ चैत १७ देखि २०७९ वैशाख ४ सम्म खरिद गर्न सकिने पनि टेलिकमले जनाएको छ ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल